दफा ६
सदस्यको पदावधि
(१) परिषद्मा मनोनीत वा निर्वाचित सदस्यको पदावधि चार वर्षको हुनेछ । पदावधि समाप्त भएका सदस्यहरु यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरुको अधीनमा रही पुन मनोनयन हुन वा निर्वाचित हुन सक्ने छन् ।
(२) पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा त्यस्तो रिक्त हुन आएको सदस्यको पद बाँकी अवधिको लागि अर्को सदस्यको मनोनयन वा निर्वाचनद्वारा पूर्ति गर्न सकिनेछ ।